मलेसिया बिरुद्ध नेपालीको लगातार तीन वटा जित

everest kitchen


पोखरा । पोखरा रङगशालामा हिजाे भएकाे एकदिवसीय किक्रेट शृङ्खलामा फेरि मलेसिया बिरुद्ध नेपालले जित निकालेकाे छ । मलेसिया-११ लाई बिहीबार नेपालले ५ विकेटले पराजित गर्दै लगातार ३ खेलमा बिजय भएकाे हो ।

अघिल्ला दुई खेलमा टस जितेर फिल्डिङ रोजेको मलेसियाले बिहीबार भने टस जित्दै ब्याटिङ गर्न मैदान उत्रिएको थियो । मलेसिया ४३.५ ओभरमा अलआउट हुँदा १ सय ५७ रन बनायाे ।

नेपाली राष्ट्रिय टोलीले माघ २२ देखि २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा ओमान र अमेरिकासँग एकदिवसीय त्रिकोणात्मक शृंखला खेल्ने छ ।