सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै रिट

everest kitchen


काठमाडौं । सभामुखका उम्मेदवार सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गरेका हुन्। रिटमा सापकोटलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, उनलाई पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न माग गरिएकाे छ ।

उक्त मुद्दाको पेशी आइतबार तोकिएको खबर रहेकाेछ ।यधपी  सभामुख चयनकाे लागि माघ १२ गते मिति तय भएकाे छ ।