काेरना भाईस नियन्त्रण गर्न १६ अर्ब रुपैयाँ , २६ जनाकाे मृत्यु

everest kitchen

 बेईजिङ । चीन सरकारले प्राणघातक कोरोना भाइरससँग लड्नका लागि एक अर्ब आरएमबी(झण्डै १६ अर्ब नेपाली रुपैयाँ) छुट्याएको छ। बिहीबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि १६ अर्ब छुट्याइएको जानकारी दिएको हो।

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । शुक्रबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसका कारण २६ जनाको मृत्यु भएको र ८ सय ३० जनामा यसको संक्रमण देखिएको जानकारी दिएको हो ।

हुबेई प्रान्तमा सबैभन्दा बढी २४ जनाको मृत्यु भएकाे हाे ।

कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरियामा समेत पुगेको छ।