नेपालमा पनि नाेबेल काेरना भाईरसकाे संक्रमन

everest kitchen

काठमाडौँ — नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार  पत्रकार सम्मेलन गर्दै यसकाे जानकारी दिएकाे हाे । ‘

नोबेल कोरोना भाइरस’का शंकास्पद बिरामीको रगत र र्‍यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएपछि त्यस नमूनामा भाइरस भएको पुष्टि भएको हो ।चीनको वुहानबाट छुट्टीमा नेपाल फर्किएका बिध्यार्थीमा यस्ताे भाईरस देखियाेकाे हाे । उनलाई शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो।

यस भाईरसकाे नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको नमूना हङकङ पठाइएको थियो । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । चीन सरकारले प्राणघातक कोरोना भाइरससँग लड्नका लागि एक अर्ब आरएमबी(झण्डै १६ अर्ब नेपाली रुपैयाँ) छुट्याएको छ।