काराेना नियन्त्रण र उपचार गर्न १० दिनमा हजार शैयाकाे अस्पताल

everest kitchen

बेइजिङ । चीनले कोरोना भाइरसका बिरामीको उपचार गर्न दश दिन भित्र छुट्टै नयाँ अस्पताल बन्दैछ । बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

कोरोना भाइरस सङ्क्रमण भएका बिरामीलाई सहज रुपमा उपचारमा सहज पुय्राउनकाे लागि अस्पताल खाेलेर सेवा दिने अधिकारीहरूले बताएका छन । नयाँ अस्पतालको निर्माण पछि कोरोनाका बिरामीलाई अन्य अस्पतालमा छुट्टै राखेर सेवा दिनुपर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास लिइएको छ।

करिब एक हजार शैयाकाे अस्पताल २५ हजार वर्गमिटरमा निर्माण हुने जनाइएको छ । चिनमा काेरना भाईरसका कारण ४१ जनाकाे मृत्युु भईसकेकाे छ भने । यसकाे नियन्त्रणकाे लागि चिन सरकारले करिब १६ अर्ब रुपैयाँ छुट्याइएको छ ।