टर्कीमा शक्तिशाली भुकम्प १८ जना बढिकाे मृत्यु

everest kitchen


अ‌ंकारा — शुक्रबार राति टर्कीमा गएको ६.७ म्याग्निच्युडको भूकम्पमा १८ जना भन्दा बढिको मृत्यु भएको छ । पूर्वी टर्कीको एलाजिग प्रान्तको सिभ्रिसमा गएको भूकम्पमा ५ सयभन्दा बढी घाइते भएको सिटिभिले लेखेकाे छ ।

राजधानी अंकाराबाट झन्डै ७ सय ५० किलोमिटरको दूरीमा रहेको एलाजिग प्रान्त रहेकाे छ।भूकम्पको धक्का छिमेकी देश सिरिया, लेबनान र इरानमा समेत महसुस गरिएको थियो।