उपत्यकाका सडकपेटि ओगटेका १८ पेट्राेल पम्पहरुलाई हटाउन निर्देशन

everest kitchen

काठमाडौँ — नेपाल आयल निगमले सडक पेटी र छेउमै सञ्चालित १८ पम्पलाई हटाउन सम्बद्ध पम्प सञ्चालकलाई पत्र पठाएको छ । १५ दिनभित्र स्थानान्तरण कार्ययोजना पेस गर्न ती पम्पलाई भननिएकाे हाे ।

सडक पेटि अाेगटेका र मापदण्ड नपुगेका त्यस्ता पम्पहरुलाई पत्र काटिएकाे निगमले बताएको छ।
चापागाउँमा रहेका बज्रवाराही, बालकुमारी र टीकाभैरव, कालिमाटीको कनक, बालाजुको कोत थुकु, थापाथलीको जयन्ती, थापागाउँको मायाराम भोलाराम, कलंकीको बाबा, श्यामा र त्रिशूल, कोटेश्वरको भ्याली रिकेश र कामाख्या, बौद्धको जुबी र बराल, जावलाखेलको साझा, एचपी इन्टरनेसनल, गायत्री र महाराजगन्जको सीता पेट्रोल पम्पलाई पत्र काटिएको हाे ।

देशभर करिब १२ सय पेट्रोलरडिजेल पम्प सञ्चालनमा छन् भने काठमाडौंमा मात्र ११७ पम्प रहेको निगमको तथ्यांक छ । तीमध्ये केही पम्प सडक पेटी अाेगटेका र मापदण्ड बेगर रहेका छन ।