सहकार्य र सहमतिमा अगाडि बढने : श्रीष नेताहरु

everest kitchen


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा सत्ताधारी दल र प्रतिपक्षी दलका नेताबीच सहकार्य र सहमतिका आधारमा अगाडि बढ्ने समझदारी भएको बताएको छ ।

नेताहरुबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले  सम्क्षिप्त जानकारी दिए।