प्रतिनिधिसभाले आज सभामुख चुन्दै , सापकोटा एक्ला उम्मेदवार

everest kitchen


काठमाडौं । प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ ।गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधि सभाका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएकाे हाे ।

सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक आह्वान गरिएको छ । बैठकलाई ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै छन । सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागे पछि पुर्वसभामुख कृष्णबहादुर महराले राजिनामा दिएका थिए । यद्यपि, ससस्त्र द्वन्द्वकाे समयमा हत्या अभियोग लागेका व्यक्तिलाई सभामुख नबनाउन भन्दै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्चमा हालेको रिटकाे पनि आजै सुनुवाइ हुँदैछ ।