गणतन्त्र दिवसकाे अबसरमा नेपाललाई भारतकाे ३० वटा एम्बुलेन्स

everest kitchen


काठमाडौ । भारतले  ७१ औं गणतन्त्र दिवसका अवशरमा नेपाललाई ३० वटा एम्बुलेन्स सहयाेग गरेकाे छ । नेपाल स्थित भारतीय दूतावासले नेपालका बिभिन्न अस्पतालहरुलाई एम्बुलेन्स प्रदान गरेकाे हाे ।

आफ्नो गणतन्त्र दिवसका अवशरमा नेपालका विभिन्‍न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको दुतावासले उल्लेख गरेकाे छ ।

त्यस्तै दुतावासले विभिन्‍न शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि सहयोग गरेको छ। त्यस्तै नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमबीच मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ।