अब श्रम स्वकृति विदेशबाटै लिन सकिने बाटाे खुल्ला हुदै

everest kitchen

काठमाण्डौ – श्रम स्वीकृतिको लागि बीमा बापत तिर्नुपर्ने रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएकाे छ ।अब विदेशबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हाे ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी आइतबार वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएकाे छ । सम्झौता पछि अब विदेशमा रहेका नेपालीहरुले दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको हो ।

अब म्यादी जीवन बीमा गर्दा तिर्नुपर्ने रकम , कल्याणकारी काेषमा तिर्नुपर्ने रकम लगायतकमे भुक्तानी डिजिटल वालेट, इसेवा, खल्ती, स्प्यारो पे र कनेक्ट आइपीए बाट तिर्न सकिने गरी विभागले तयारी गरेकाे हाे । यधपी प्रक्रिया बारे भने बिभागले टुंगाे लगाएकाे छैन ।