उहानका नेपाली विद्यार्थीहरुले यथाशीघ्र आफूहरुको उद्धार गरिदिन आग्रह

everest kitchen

 

काठमाडौँ — नोवल कोरोना भइरसको महामारीको केन्द्रबिन्दु भनिएको चीनको हुबेइ प्रान्तको वुहान सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशीघ्र आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।

वुहान सहरमा रहेका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई पनि भाइरसको संक्रमण हुनसक्ने भन्दै उद्धारका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

 

वुहानबाट सम्पर्कमा आएका अधिकांश विद्यार्थीहरुले बेइजिङस्थित नेपाली दूतावासले आश्वासन दिनुबाहेक अरु केही काम नगरेको भन्दै नेपाल सरकारले नै उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्। याे खबर  कान्तिपुरले लेखेकाे छ ।