आस्थामाथि तेर्सिएकाे बाण अब पुलिस तिर

everest kitchen

काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । बिभिन्न नेता, कलाकार तथा सर्वसाधारणहरेले प्रहरी प्रशासनकाे कार्यशैली प्रति असुन्त्येष्टि पाेखेका हुन ।

अास्थाकाे भिडियाे भाईरल भएसंगै अास्थाकाे कदम प्रति धेरैले गलत भनेकामा अहिले अाैंला पुलिस तिर साेझाएका छन । सामाजिक सञ्जालमा धेरैले सुन र ब्राउन सुगर नदेख्ने सिसिटिभ कलाकारकाे गल्तिलाई मात्रै देख्ने भन्दै पुलिसकाे अालाेचना गरेका छन ।

अास्थाले सामाजिक सञ्जालमा राेष प्रकर्ट गर्दा बाेल्ने कुरामा अाबेगमा गल्ति गरेपनि बारम्बार माफि मागि सकेकाेले उनलाई हिरासत हालेर अनसुन्धान गर्नुपर्ने कसुर नभएकाे बताएका छन । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर मंगलबार नै रिहा गर्न दबावसमेत दिएका छन् ।

पूर्वमन्त्री तथा नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले राष्ट्रिय कलाकार आस्था राउतले कमी कमजोरी महसुस गरिकेपछि पनि हिरासतमा राख्नु उचित नभएको भन्दै प्रक्रिया पूरा गरेर आजै हिरासतमुक्त गर्न माग गरेका छन् ।
यस्तै नेकपा सांसद तथा अनेरास्ववियुकी पूर्व अध्यक्ष नविना लामाले पनि पाेखरेलकै कुराेसंग मिल्दाे प्रतिक्रिया दिएकी छिन । नबिनाले थप भनाइ राख्दै सरकारलाई बदनाम गर्ने गतिविधिमा नलाग्न भनेकि छन ।

त्यस्तै कलाकार दिपकराज गरिले अास्थाकाे बिषयमा कानुन कडा भएकाे राम्राे तर निर्दयी भएकाे बेठिक लेखेका छन । उनले केहि दिन अघि अास्थालाई माफि माग्न पनि सुझाएका थिए । नायिका प्रिंका कार्कीले पनि गलत भनेकिछन । भने अन्य कलाकारहरुले पनि अास्था राउतलाई हिरासत राख्ने कुरामा असहमति राखेका छन ।