प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताकाे निधन

everest kitchen

काठमाडौं । बाँकेका अग्रज पत्रकार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ।

बुधबार साँझ ९२ वर्षीय गुप्ताकाे उपचारका क्रममा निधन भएको छ । केही वर्षयता रोगले थलिएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि अस्पताल लगिएको थियो।

नेपालगन्जको पत्रकारिता अलग्गै पहिचान बनाएका गुप्ता किरण साप्ताहिकका सम्पादक थिए। पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले करिब १ दशक अघि उनलाई सेनानीको उपाधि दिएको थियो।