चितवनको माडीमा महिलामाथि सामूहिक बलात्कार

everest kitchen

चितवन : चितवनको माडीमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ।

माडी नगरपालिका २ निवासी ५५ वर्षीय महिलामाथी स्थानीय तीनजना युवाले सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।

गएराती स्थानीय खोलाको छेउमा लगेर युवाहरुले महिलामाथी सामुहिक बलात्कार गरेको खबर  थाहा खबरमा  छ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन्।