साथीकाे हत्या गरि फरार बङ्गलादेशी नागरिक पक्राउ

everest kitchen


काठमाडौं । माघ ६ गते साथीको हत्या गरि फरार रहेका  बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले अफु सँगै काठमाडौँ आएका ढाकाकाे सनरे ट्राभल टुर्स प्रालीका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए ।

काठमाण्डाैकाे सोल्टीमोडमा रहेकाे होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा सँगै बसेका बेला रक्सीकाे बोतलले हानेर हत्या गरी फरार भएका उनलाई बुधबार राति लहानबाट पक्राउ गरिएकाे हाे ।

हत्या आरोपी मियाँ मृतक अहमदका भाइले सञ्चालन गरेको ओसन ट्राभल टुर्स प्रालीका व्यवस्थापक भएको खुल्न आएको छ ।  हत्या गरि भारततिर फरार भएका मिया रक्सौल, काँकडभिट्टा हुँदै फेरि नेपाल फर्किएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

आफन्तकाे अाशन्का र प्रारम्भिक अनुसन्धानमा कसैले हत्या गर्न लगाएको देखिएको प्रहरीले जनाएको छ ।आवश्यक अनुसन्धान तथा प्रक्रिया पूरा गरी शव अाफन्तफे बुझेर लिई सकेकाछन ।