नेविसंघको अध्यक्षमा राजिव ढुंगाना मनाेनीत

everest kitchen


काठमाडौँ । नेपाली कांग्रेसकाे निष्क्रिय अवस्थामा रहेको नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई मनोनयन गरिएको छ ।

कांग्रेस शीर्ष नेताहरुबीचकाे सहमतिअनुसार सुनसरीका ढुंगानालाई सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावी मिति घोषणा भएसंगै काङ्ग्रेस समर्थक बिध्यार्थीहररुले नेतृत्व चयन गर्न नेताहरुलाई दबाव दिएका थिए । काङ्ग्रेसले मनोज वैद्य र महेश्वरी कुँवरलाई नेविसंघको महामन्त्रीमा मनोनीत गरेकाे छ ।

नेविसंघको नयाँ तदर्थ समिति १ सय २७ सदस्यीय बनाउने सहमति छ। अागामी फागुन १४ गते स्ववियू चुनावको मिति तय भएकाेछ।