कोरोना भाइरस : डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घाेषणा

everest kitchen

१७ माघ, काठमाडौं । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) ले घोषणा गरेको छ ।

चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको छ भन्ने हो,’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाबारे डब्लूएचओका प्रमुख टेड्रोस एड्हानाेमले भने ।

बिभिन्न भाइरसका संक्रमणले विश्वव्यापी संकट निम्ताएपछि डम्बलुएचओले आपतकाल घोषणा गर्ने गरेको छ । यसअघि पाँच पटकसम्म आपतकाल घोषणा गरिसकिएको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकमा कोरोना भाइरस फैलनसक्ने त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसका कारण चीनमा हालसम्म कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ । चीनसहित विश्वका अन्य १८ देशमा पनि यसका बिरामी भेटिएका छन् । चीनको वुहान सहरको यात्रा गर्नेहरुमा यो भाइरस फेला परेको छ । यद्यपि, चीनबाहिर ९८ जनामा यस्तो संक्रमण भेटिए पनि मृत्यु भने भएको छैन onlinekhabar