हामी थप्पिन हैन थप्न आएका छौंं , नयाँ पाईलामा तपाईंको साथ हामीलाई चाहिन्छ..

everest kitchen

 

हिमाल टाईम्स

नमस्कार ,
नेपालको परिवेशमा सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याएको छ । अन्य मुलुकको तुलनामा सुस्त गतिले भएपनि नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती भएको सत्य हो । विश्वबजारमा बिकसित सूचना प्रविधिको नयाँ आयमलाई हामीले आत्मसाथ गर्नु एउटा उपलब्धि हो ।

नेपालका सम्पूर्ण पत्रपत्रिका , रेडियो , टेलिभिजन जस्ता चल्तीका सञ्चारमाध्यम पनि अनलाइन संस्करणमा उपलब्ध छन । ईन्टरनेट अनलाइन प्रबिधि अहिलेको प्रत्येक मानव जीवनको महत्वपूर्ण दैनिकी बनिरहेको छ । देश बिदेशमा बस्ने लाखौं नेपालीहरु प्रत्येक्ष ईन्टरनेटको पहुँचमा छन । अनलाइन प्रबिधिले अहिले तुरुन्तै बिश्वभरिका सुचना, सञ्चार तथा माया सदभाव आदान प्रदानमा क्षेणभरमै सहज भएको छ ।

हो यहि सुचना प्रबिधिको युगमा हामीले हिमालटाईम्स डटकम (himaltimes.com) मार्फत अनलाइनको दुनियाँमा नयाँ पाईला टेका छौं । हामि अनलाइनको दुनियाँमा थप्पिन भन्दा पनि केहि नयाँ आयम थप्ने जमर्कोको साथ आएका छौं । दुु:खिकाे दु:ख देखाउने ठुलाबडाको लुटलाई सफलताको रुपमा चित्रण गरेर प्रचार गर्ने प्रबृति बिपरित हामि रहने छौं । नेपालको कृषि ,पर्यटन क्षेत्रमा लक्षित रहेने हाम्रो लक्ष्य रहेको छ ।

त्यस्तै ब‌ैदेशिक रोजगारको अर्थतन्त्र , सत्यता, श्रमिकहित , उद्धारता तथा सुचनाको सहज पहुँच प्रति हामि तत्पर रहेने छौं । सबै नेपालीको आत्मसम्मानमा ध्यान दिदै नेपालीको अर्थतन्त्र , सामाजिक , न्यायिक, कृषि , बाणिज्य ,पर्यटन , राजनितिक, खेलकुद, स्वास्थ , शान्ति-सुरक्षा, सांस्कृतिक , प्राकृति , दिगो बिकास पक्षहरुमा सुधार, प्रबर्द्धन तथा सकारात्मक परिवर्तनमा हामि लागि रहेन छौं ।

तपाईंको साथ हामीलाई चाहिहेको छ । तपाईंको सहज पहुच हामीसंग रहनेछ । तपाईंहरुको साथ , सहयोग , सुझावलाई हामि ग्रहन गर्ने छौं ।