ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकोप्टर दुर्घटनामा मृत्यु

everest kitchen

काठमाडौं । ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।

उत्तरी ताइवानमा बिहीबार बिहान सेनाको यूएच ६० एम हेलिकोप्टर दुर्घटनामा ताइवानी सेना प्रमुखसहित ८ जनाको मृत्यु भएको हो ।

सेना प्रमुखसहित शीर्ष सैन्य अधिकृतको टोली निरीक्षणमा गएका वेला दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । हेलिकोप्टरले उत्तरी नाइवानमा आपतकालीन अवतरण गरेको थियो ।