सहिद स्मारक ए डिभिजन लिग फुटबल स्थगित

everest kitchen

 

काठमाडौं । वर्षाका कारण शहीद स्मारक ए डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित भएका छन् ।

शुक्रबार काठमाडौंमा पानी परेपछि खराब मौसमका कारण लिगका बाँकी खेल दुई दिन पछाडि सारिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएकाे छ । अहिलेसम्म चाैथाे चरणका २८ खेलहरु सम्पन्न भएका छन ।