त्रिभुवन अार्मीलाई उपाधि

everest kitchen

धनकुटा : सहिद रिदामाहाङ-रामालिहाङ महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ।

शुक्रबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

उपाधिसँगै आर्मीले नगद दुई लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेतामा सीमित एपीएफले एक लाखमा चित्त वुझायो।