रुकुममा ट्याक्टर दुुर्घटना हुदा १ जनाकाे मृत्युु

everest kitchen

photo :file

रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गाउँपालि वडा नम्बर ४ स्थित दलुगैराखाेला ट्याक्टर पल्टिदा १ जनाकाे मृत्यु भएकाे छ भने ४ जना गम्भीर घाईते भएका छन ।

लु ३ त ९०९५ नम्बरको ट्याक्टर शनिबार राति करिब साढे नौ बजे दुर्घटना भएकमे हाे । दुर्घटनामा परि त्रिवेणी गाउँपालिका-५ मा अवस्थित विद्या विकास माविमा अध्यनरत विद्यार्थी१७ वर्षीय दलबहादुर विकको मृत्यु भएको छ।

मावि मुरुडाँडाले आयोजना गरेको त्रिवेणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर फर्किरहेका विद्यार्थी र गाउँले सवार ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा विद्या विकास मावि र ४ नम्बर वडाको अन्धनाशक माविका १६ विद्यार्थी तथा चार जना गाउँले घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ ।

स्थानीय बासिन्दाका अनुसार ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको छ । चालक गणेश परियार फरार रहेको छन ।