अष्ट्रेलियामा पानी परे पनि , डढेलोले उग्र रुप लिन सक्ने चेतावनी

everest kitchen

सिडनी । अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ ।

यद्यपि, आइतबार राती अधिकारीले बिहिबारदेखि तापक्रम थप वृद्धि हुने चेतावनी दिएका छन् ।अहिले परेको पानीले सन्तुष्ट हुन मिल्ने ठाउँ छैन । भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिन सक्ने जानाईएकाे छ ।

डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् । यस हप्ता डढेलोका कारण अधिक भाैतिक विनास भएकाे छ ।