इराकले आफ्नो देशबाट सबै विदेशी सेनालाई हट्न भन्याेे

everest kitchen
photo :fille

बग्दाद । इराकले आफ्नो देशबाट सबै विदेशी सेनालाई हट्न भनेको छ । इराकी संसद्ले आइतबार एक प्रस्ताव पारित गर्दै सबै विदेशी सेनालाई इराकबाट हट्न भनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् ।

२००३ को इराक युद्धपछि अमेरिकी सेना इराकमा छ । इराकी संसद्को यो प्रस्ताव गएको शुक्रबार बग्दादमा अमेरिकी आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि आएको हो ।

यसअघि पनि इराकमा अमेरिकी सेनाले हवाई आक्रमण गरेपछि इराकी कार्यबाहक प्रधानमन्त्रीले अमेरिकाको आक्रमण आफ्नो देशको सम्प्रभूताको उल्लंघन भएको भन्दै अमेरिकासँग रक्षा नीतिमा समीक्षा गर्ने बताएका थिए । हाल इराकमा करिब ५ हजार अमेरिकी सेना रहेका छन् । अमेरिकाले २००३ मा इराकमा आक्रमण गरी तत्कालीन इराकी शासक सब्दाम हुसेनको सत्ता पतन गराएको थियो । साथै अमेरिकाले हुसेनलाई फाँसीको सजायसमेत दिएको थियो । त्यसयता इराकमा अमेरिकी कठपुतली सरकार बन्दै आएका थिए । तर, इरान र अमेरिकाबीच बढ्दो तनावको चपेटामा इराक परेको छ ।

इराकी संसद्को यो प्रस्तावसँगै इराक र अमेरिकाबीच पनि सम्बन्धमा चिसोपना बढ्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जर्नेल सुलेमानीको मृत्युपछि मध्यपूर्वमा इरान र इराक नजिकिने देखिएको छ । यसअघि इराक र इरानबीच राम्रो सम्बन्ध थिएन । तर, इराकी धर्तीमा इरानी सैन्य कमाण्डर मारिएपछि इराकमा समेत अमेरिकाविरोधी लहर चलेको छ ।