दाजुको कुटपिटबाट भाईकाे मृत्यु

everest kitchen
photo :file

इलाम : जिल्लाको सूर्योदय नगरपालिका १२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ।

दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका थिए। आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो।

दाजुले काठको पिरा प्रहारपछि घाइते भएपछि हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि उनका छोराले घरमा लगेर सुताएका थिए। तर बिहान उनी ओछ्यानमै मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए।

सामान्य घाइते भएपछि सोमबार थप उपचारका लागि फिक्कलतर्फ ल्याउने तयारी गरी सुतेका उनले बिहान करिब ४ बजे खानेपानी मागेका थियो। तर परिवारका सदस्य कोही पनि नउठे पनि उनी पुनःसुते।

बिहान ६ बजेको समयमा उठाउन जाँदा ओछ्यानमा नै मृत फेला परेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने रामबहादुर फरार छन्। शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ।

Thahakhabar