नेपालमा सामाजिक सञ्जाल फेसबुक ,युटुब जस्ता प्रतिबन्ध हुन्छन त?

everest kitchen

हिमालटाईम्स

काठमाडौं – युटयुब, फेसबुक, टिवटर, भाइबर, वाटसएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरु नेपालमा बन्द हुने सम्भावना रहेकाेछ । अस्ति भर्खरै संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल नेपालमा दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ । तर नेपाली बजार सानाे भएकाेले यस्ता सामाजिक सञ्जालले खासै दर्ताकाे चासाे देखाउने सम्भावना कम भएकाले सरकारले चाह्याे भने बन्द गर्न सक्छ ।

नागरिकले अना‌पचारिक रुपमा आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने केहि बिज्ञहरुले बताएका छन । संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ। यो विधेयक सदनबाट पारित भई कार्यान्वयनमा आएपछि युटयुब, फेसबुक, टिवटर, भाइबर, वाटसएप, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल कम्पनीलाई सूचना तथा प्रविधि विभागमा दर्ता हुनुपर्नेछ। तर ठूला सामाजिक सञ्जाल प्रदायक कम्पनीले नेपाल सानो बजार भएकाले दर्ता हुन अनिच्छा देखाएकाे जानकारहरु बताउछन ।

यधपी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने सामाजिक सञ्जाल प्रदायक कम्पनी नेपालमा दर्ता हुन आउने दाबी गर्छन। ॅ

प्रस्तावित यो विधेयकको दफा ९२ ले सामाजिक सञ्जालमा सेयर गरिएका सामग्री अदालतको आदेशबिनै हटाउन सक्ने अधिकार सरकारलाई दिएको छ। अपराध संहितामा कसैले कसैको मानहानि गरेको पाइएमा दुई वर्ष जेल सजाय व्यवस्था गरिएकोमा यस विधेयकमा पाँच वर्ष जेल सजाय र १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै विशेष सेवा गठन र सञ्चालनसम्बन्धी विधेयक पारित भएमा सरकारी अधिकारीले निगरानीमा राख्न चाहेका व्यक्तिको फोन सुन्न, रेकर्ड गर्न र इमेल पढ्ने सक्नेछन्। विधेयकको दफा १० भन्छ, संदिग्ध वा निगारनीमा रहेका व्यक्ति, संघसंस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएको कुराकानी श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवराण्लाई निगरानी र अनुगमन र इन्टरसेप्सन गर्न र अभिलेख गर्न सक्नेछ।’

याे बिधेयक बिरुद्ध काङ्ग्रेस तथा अन्य साना दलका केहि नेताहरुले असहमति जनाएका छन । बिधेयकले अभिब्यक्ति स्वतन्त्रताप्रति संकुचित गर्ने भन्दै यसकाे बिराेध पनि भैरहेकाे छ ।