भ्रमण बर्ष २०२० काे मलेसियामा उद्घाटन

everest kitchen

 


हिमाल टाईम्स

क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले भ्रमण बर्ष २०२० काे उद्घाटन गरेकाे छ । नेपाली दुतवास मलेसियाले क्वालालम्पुरमा एक कार्यक्रमकाे अायाेजना गरि भ्रमण बर्षकाे उद्घाटन गरेकाे हाे ।

मलेसियाका पर्यटन , कला तथा संस्कृति मन्त्री दातुक श्री महमाेद्दिन विन केतापीकाे उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएकाे हाे । कार्यक्रममा मलेसियाका पर्यटन मन्त्रीले नेपालीको प्रशंसा गर्दै नेपाल विश्वकाे धेरै पर्यटककाे राेजाईमा पर्ने बिश्व ब्यक्त गर्दै सुभकामना दिएका थिए ।

त्यस्तै मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले सम्पूर्ण मलेसियन तथा विदेशीलाई नेपाल भ्रमणकमे निम्ता दिएका थिए । कार्यक्रममा मलेसियाका पर्यटन मन्त्री , पर्यटन संग सम्बन्धित मलेसियाका सरकारि कार्यालय , गैरसरकारी संस्था , हाेटल तथा पर्यटन ब्यबसायी , उद्योगी , सञ्चारकर्मी लगायतको उपस्थिति रहेकाे थियाे ।