ईरानले अमेरिकी सैन्य क्याम्पमा मिसाईल आक्रमण गरेपछि सुलेमानीकाे अन्त्येष्टि

everest kitchen

काठमाडौं । इरानले इराकस्थित सैन्य क्याम्पमा मिसाइल प्रहार गरे लगत्तै सैन्य जनरल कासिम सुलेमानीको अन्त्येष्टि गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेकाे उल्लेख छ ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइ आक्रमण गरेको हो ।

इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्यान गएकाले त्यसको बदलास्वरूप प्रतिआक्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाइ छ ।

ईरानले अमेरिकालाई सहयोग गर्दै आएकाहरुलाई पनि आक्रमण गर्ने चेतावनी दिएको छ । यधपी आफ्ना सैन्य अखडामा भएको आक्रमणबारे अहिलेसम्म ट्रम्पले धारणा सार्वजनिक गरिसकेका छैनन् ।

गत शुक्रबार बग्दाद विमानस्थलमा अमेरिकी ड्रोन आक्रमणमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीसहित ६ जना मारिएका थिए । घटनापछि इरान र अमेरिकाबीचको कटुता उत्कर्षमा पुगेको छ । इरानले आफ्ना सैन्य कमान्डरको हत्याको बदला लिने पूर्वघोषणा अनुरूप आक्रमण थालेपछि मध्यपूर्व अशान्त बन्न लागेको भन्दै चिन्ता व्यक्त हुन थालेका छन् ।