मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान

everest kitchen

हिमाल टाईम्स
काठमाडौं । उर्जा , जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान गरेका छन् ।अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहीबार यूएई प्रस्थान गरेका हुन ।

हरेक बर्ष अायाेजना हुने अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको सम्मेलनमा करिब १२० भन्दा बढी सदस्य राष्ट्र छन् । सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुख, राष्ट्र प्रमुख, मन्त्रीलगायत सहभागी हुन्छन् ।