मध्य र पश्चिम एसियाका काम गर्ने नेपालीकाे सुरक्षाको लागि संयन्त्र

everest kitchen

 

काठमाडौ – सरकारले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो। संयन्त्रले त्यस क्षेत्रमा विकसित घटना क्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुसार नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारी गर्ने बताएको छ ।

मध्य र पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा रहने परराष्ट्र मन्त्रालयको संयन्त्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि रहने छन्। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि समेत उक्त संयन्त्रमा रहने जनाइएको छ।