खोला उत्खननको विरोधी गर्न गएका युवकलाई टिप्परले किचेर हत्या

everest kitchen

जनकपुरधाम : खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो।

सोही बेला मोर्निङवाक गएका समयमा महतोले विरोध गर्दा टिपरले किचेर उनलाई मारेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादबले पनि घटनाको प्रकृति हेर्दा टिपरले किचेर हत्या गरेको देखिएको बताए।

टिपरले किचेपछि महतोको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि स्थानीयले हत्यारालाई कारबाही गर्न सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन्।  प्रहरी घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि जनकपुर पठाएको छ। टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने टिपर चालक फरार भएका छन्।

Thahakhabra