श्रमिकको आन्दाेलन पछि तलब त दियाे तर अब राेजगारबाट निकाल्दै

everest kitchen

हिमाल टाईम्स

मलेसिया । मलेसियाकाे निलाई स्थित डब्लुआरपि ग्लाेभ कम्पनिमा महिनाै सम्म पनि तलब नपाएका नेपाली, बंगालि, ईन्डाेनेसियन लगायत विदेशि कामदारहरूले अान्दाेलन गरेर तलब त पाउने भए तर सबै विदेसि कामदारलाई स्वदेश फर्काईने भएकाे छ ।

केही समय अगाडि देखि हाेस्टलकाे वत्तिकाे बिलहरू पनि कम्पनिले नतिरिदिएपछि विदेसि कामदारहरू अन्धकारमा बस्न बाध्य छन् ।

कम्पनिकाे डाईररेक्ट कलिङमा नभएर अन्य कम्पनिकाे भिषा भएकाेले काम दिने कम्पनिले कामदारहरूकाे जिम्मेवारी वहन गर्न अानाकानि गरिरहेकाे छ ।
तलब, सुविधा लगायतकाे माग सहित केही समय अगाडि देखि उक्त कम्पनिमा विदेसि कामदारहरू अान्दाेलनरत छन् ।