ब्यराेजगार हुनुकाे फाईदा उठाउदै चर्काे कमिसन लिन्छ पठाओ : राईडर

everest kitchen
photo : pathao fb page

विपेन उलङगे / हिमाल टाईम्स
काठमाडौ । राईड सेररिङ कम्पनी पाठओ प्राईभेट नेपालले राईडर ९बाईक चालक० र पेसेन्जरहरुलाई ठगि गरिरहेकाे सामाजिक सञ्जालमा यत्रतत्र गुनासाे देखिन्छन् । बिशेषत पेसेन्जर भन्दा राईडरहरु पठाओ प्रति असुन्तष्ट देखिन्छन ।

पठाआेले ब्यराेजगार हुनुकाे फाईदा उठाउदै राईडरहरुलाई ठगेकाे अाराेप राईडरहरुले लगाउने गरेका छन । पठाअाेले राईडरहरुबाट २० प्रतिशत चर्काे कमिसन असुलेकाे , बिभिन्न कारण देखाउदै गल्तिबिना खाता बर्खाष्त गर्ने गरेकाे , प्राबिधिक चलाखि र ठगि गरेकाे, बिभिन्न बाहानामा चर्काे जरिवाना गर्नेगरेकाे तर सरकारलाई पारदर्शी कर नतिरेकाे, कमिसन तथा जरिवानाको भ्याट बिल तथा रसिद उपलब्ध नगरेकाे , दुर्घटना हुदा तथा राईडरका बिभिन्न समस्याहरु प्रति पठाअाे जिम्मेवार नभएकाे भन्दै राईडरहरु रुष्ट देखिएका हुन । तर यस सम्बन्धमा पठाअाेले केहि महिना पहिला जवाफ दिएकाे थियाे । पठाआेले दिएकाे जवाफ समस्या सुधार तिरभन्दा अालटाल गर्न दिईएकाे भन्दै पठाआेकाे जवाफमा राईडरहरु सन्तुष्ट हुन सकेका छैनन ।

राईडसेरिङ सम्बन्धिकाे एक ग्रुपमा राईडर बिशाल श्रेष्ठ भन्छन ू त्रिशला गुरुङ ू कलाकार भएर मात्र समाचार अाएकाे हाे तर यस्ता घटना दिन्कै घट्ने गरेका छन । उनि थप्छन पठाअाेले क्वीष्टकाे लाेभ देखाउदै राईडरहरुलाई कुदाउछ , जस्ले दुर्घटना बढाउछ । पठाअाे राईडर रामजी बलामी फेसबुकमा लेख्छन ू पठाओले प्रविधिको राम्रैसँग दुरुपयोग गर्न जानेको छ । बेरोजगार युवाहरुलाई युज गर्न उसले चाह्यो भने अनेक तिकडम लगाउन सक्छ ।
जरिवाना रकम ट्राफिक नियम भन्दा कडा छ । संविधानको कुन धाराको कुन उपधाराका आधारमा पठाओले यो शुल्क तोकेको हो रु त्यस्तै अर्का पठाअाेका राईडर सुरेन्द्र राईले फेसबुकमा अाफ्ना सहकर्मी राईडरहरुलाई अावाहान गर्दै लेख्नन ू याे पठाअाेले बह्रमलुट गरिरहेकाे छ । २० प्रतिशत कमिशन महाेङगाे भयाे अब अाधिकारिक सम्बाद र छलफल गराैं र राइडरहरुकाे ट्रेडयुनियन बनाएर पठाअाेलाई दबाब दिअाैं ।

पठाअाेका एकजना राईडर कुशहरिले फेसबुकमा पठाअाे बिरुद्ध बाेलेकाे कारण अाफुलाई पठाअाेले कार्बाहि गरेकाे बताएका छन । फेसबुकमा बिपि नाम गरेका एक राईडर भन्छन १०० काे ट्रिप पुरा गर्न रिसिभ गर्न जादा , पर्खिदा र गन्तव्यमा पुग्दा करिब अाधा घण्टा बढि लाग्छ । त्यसमा ५ रुपैयाँको फाेन र डाटा, ४० रुपैयाँको तेल, पठाअाेलाई २० प्रतिशतकाे २० रुपैया गरेर जम्माजम्मी ६५ रुपैयाँ खर्च कटाएर ३५ रुपैयाँ बच्छ त्यसमा पनि बाईक हप्तैपछि बनाउनुपर्छ ।

नेपालमा केहि बर्ष देखि बाईक राईडसेरिङ सेवाहरु चल्दै अाएका छन । त्यसमध्ये पनि चलेका राईडसेरिङ कम्पनीहरु टुटल र पठाअाे हुन । यी बाहेक बाईक र ट्याक्सिका गरि करिब अाधा दर्जन राईड सेरिङ कम्पनीहरु काठमाडौंमा चलेका छन । टुटल नेपाली युवाहरुले उत्पादन गरेकाे बताईन्छ भने पठाअाे बङ्लादेशबाट भित्रिएकाे हाे । अहिले काठमाडौंमा प्रमुख बजार भने पठाअाेले अाेगटेकाे छ । त्यसपछि मात्रै टुटल छ अनि अन्य कम्पनीहरु रहेका छन । पठाअाे कम्पनीले सञ्चालनमा ल्याएकाे ऐप सजिलाे हुनुका साथै सुरुमा राम्रो प्रचारप्रसार गरेका कारण धेरैले पठाअाे प्रयाेज गर्ने गरेकाे राईडर तथा पेसेन्जरहरुले बताउने गरेका छन । अन्य राईड सेरिङ एप भन्दा पठाअाेकाे एप सजिलाे लाग्ने राईडर तथा पेसेन्जरहरु बताउँछन् ।

काठमाडौंमा पछिल्लो समय सरर नेपाल , फलिलि लगायत अन्य राईडसेरिङ सम्बन्धि एपहरु अाएपनि पठाअाे र टुटलनै बढि चल्ने गरेका छन । पठाअाेमा करिब १० हजार राईडर एक्टिभ रहेका छन भने करिब त्यतिनै मात्रामा टुटलमा पनि एक्टिभ राईडरहरु भएकाे बताईन्छ । यसमध्ये पठाअाेले राईडरहरबाट २० प्रतिशत कमिसन लिदै अाएकाे छ भने टुटलले हालैलाई कमिसन लिईरहेकाे छैन । बिहान देखि रातिसम्म राइड गरेर दैनिक १५ सम्म अाम्दामी गर्ने गरेका छन राडरहरु ।

त्यसाेत राईडसेरिङ एपलाई सरकारले पटकपटक राेक्ने प्रयास गरेपनि काठमाडौं बासिकाे ब्यापक मागअनुसार यसलाई राेकन सकेकाे छैन । पछिल्लो समय यसलाई निरन्तरता दिनुपर्छ तर नियमन गरि कानुन सम्मत चलाउनुपर्ने माग रहदै अाएकाे छ । यधपी पठाअाे र टुटल जस्ता कम्पनी पनि कानुन सम्मत जान तयार रहेका छन । उनिहरुकाे माग पनि सरकारि कानुनले उनिहरुलाई समेटाेस भन्ने छ। राईडसेरिङ मात्रै नभई काठमाडौंमा अनलाईन सामान , खाना डेलिभरि लगायतमा सक्रिय करिब दर्जनौं प्राईभेट कम्पनीहरु पनि रहेका छन ।

काठमाडौंमा अहिले राईडसेरिङकाे प्रमुख समस्या भनेकाे सुरक्षित यात्रा कसरि पुरा गर्ने भन्नेनै हाे । यस्मा बिमा पाेलेसि, दुर्घटना न्युनिकरण, सरकार तथा राईड सेरिङ कम्पनीको उत्तरदायित्व लगायतका बिषयमा सम्बन्धित सबैले प्रमुख भुमिका निधाउन अावश्यक छ ।

राईडर असुन्तेष्टि