चीनमा विश्वकै ठुला रेडियो टेलिस्काे सञ्चालनमा

everest kitchen

 

चीनमा अवस्थित विश्वकै ठुलाे टेलिस्काेप

गुईझाे । चीनले जनवरी ११ मा विश्वको सबैभन्दा ठूलो र अति संवेदनशील रेडियो टेलिस्कोपको सञ्चालनमा ल्याएकाे छ । चीनले याे रेडियो टेलिस्काेप निरमाणकाे तीन बर्षे परीक्षण पछि मात्रै औपचारिक संचालनमा ल्याएकाे हाे ।

दक्षिणपश्चिमी चीनको गुइझो प्रान्तमा अवस्थित याे टेलिस्कोप छिट्टै विश्व भरिका खगोलविद्हरूका लागि पनि खोल्ने बताएको छ । यसले ब्रह्माण्डको उत्पत्ति र विकासको वरपरका रहस्यहरू पत्ता लगाउन शक्तिशाली उपकरण प्रदान गर्नेछ ।

बिशवकै ठुलाे याे रेडियो टेलिस्काेप पाँच सय मिटर गोलाकारमा फैलिएका छ । करिब ३० वटा फुटबल ग्राउण्ड जतिकाे ठुलाे याे टेलिस्काेप सिङगल डिस (एउटै छाता ) रुपमा रहेकाे छ । यसलाई Five-hundred-meter Aperture Spherical radio Telescope (FAST) रुपमा चिनिन्छ । यसले बिज्ञानमा नयाँ अायम थप्ने र बिश्वभरकम खगाेलबिदहरुलाई सहजता प्रदान गर्ने दाबि गरिएकाे छ ।

ऐजेन्सि