प्रदेश ३ काे राजधानी र नामाकरणकाे लागि आईतबार मतदान हुने

everest kitchen

 

हेटौंडा   । प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन आइतबार प्रदेशसभामा मतदान हुने भएको छ । आइतबार विहान बाट मतदान प्रक्रिया सुरु हुने बताएको छ ।

स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेशसभा सचिवालयमा शनिबार प्रदेशसभामा प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्नुपर्ने प्रस्ताव सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेसलगायत ६ दलले दर्ता गरेका थिए।

दिउँसो बसेको प्रदेशसभा बैठकमा प्रस्तावित नाम र राजधानीबारेको छलफल सकिएको छ। प्रदेशको राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको छ। प्रदेशको नाम वाग्मतीमात्र प्रदेशसभामा दर्ता भएपनि स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले विपक्षमा मतदान गर्ने बताएपछि प्रदेशको नामकरण सर्वसम्मत नहुने देखिएको हो।

प्रदेशको राजधानी हेटौंडा राख्ने प्रस्ताव नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए। स्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङले समर्थन जनाएएका थिए।

प्रदेशको नाम बागमती राख्ने प्रस्ताव कांग्रेस दलका नेता बानियाँले गरेका थिए। प्रस्तावमा नेकपा मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल र साझा पार्टीकी शोभा शाक्यले समर्थन गरेका थिए।

दुवै प्रस्तावमा नेमकिपाले समर्थन जनाएपनि प्रस्ताव दर्ता प्रक्रियामा भने सहभागी भएन।

kantipur