प्रदेश ३ को राजधानी हेटौंडा तोकियाे

everest kitchen

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे ।

प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ ।
१ सय१० सदस्य रहेको प्रदेशसभामा जम्मा १ सय ८ जना मात्रै मतदानमा सहभागी भएका थिए । यसअघि हेटौंडा प्रदेश ३ को अस्थायी राजधानी थियो।

आजैकाे प्रदेश ३ काे दाेस्रो बैठकले प्रदेशकाे नाम पनि टुङ्गोमा लगाउने छ । नेकपा सचिवालय बैठकले प्रदेश ३ काे राजधानी हेटाैंडा र नाम वाग्मती राख्ने प्रदेशसभालाई निर्देशनात्मक सुझाव दिएकाे थियाे ।