मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द

everest kitchen
Photo fille

काठमाडाैं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द भएकाे छ । मुसर्रफलाई देशद्रोहको आरोपमा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाईएकाे गैरकानुनी भन्दै पाकिस्तानको लाहोर हाइकोर्टले विशेष अादलत भंग गरेको हाे ।

यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए । अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै फैसला सुनाएको हो ।

फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ । उच्च अदालतको फैसलामा विशेष अदालतले कानुनी प्रक्रियाहरु पूरा नगरेको जनाएको छ । अभियुक्तको अनुपस्थितिमा उसको बहस गर्नु गैरइस्लामी, गैरकानुनी र असम्वैधानिक भएको उच्च अदालतले जनाएको छ ।