याैन उत्तेजना र शक्ति

everest kitchen
Photofile

डा. दिनेश बाँस्ताेला 

गर्मी मौसमको तुलनामा जाडो मौसम यौन जोडीका लागि यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्ने उपयुक्त मौसम हो। यो मौसममा यौन जोडीबीच यौनाकर्षण बढी हुनु स्वाभाविकै हो। गर्मीको तुलनामा जाडो मौसममा यौन जोडीले बढी यौन सम्पर्क गर्नुका पनि केही कारण छन्। चर्चा गरौं जाडोमा बढी यौन क्रियाकलाप तथा यौन सम्पर्क हुने कारण।

जाडो मौसममा पुरुषको टेस्टोस्टेरोन हार्मोनको तह तथा मात्रा र शुक्रकिटको संख्या (गणना) मा वृद्धि हुन्छ। तर वीर्यको मात्रा भने बढ्दैन। जाडो मौसममा पुरुषको शुक्रकिटको घनत्व बढी हुनाले यौन क्रियाकलाप गर्मीको तुलनामा बढी हुनु स्वाभाविकै हो। शुक्रकिट चलायमान तथा प्रजननशील हुने भएकाले पुरुषमा यौन चाहना, इच्छा, आकांक्षा हुनुका साथै यौन जोडीबीच यौन उत्तेजना हुन्छ। जसले दुवै यौन जोडीलाई यौन सम्पर्कमा सरिक हुन प्रेरित गर्छ। जाडो मौसममा गुणात्मकरुपमा शुक्रकिटको वृद्धि हुन्छ। एउटा शुक्रकिट पूर्णरुपमा वयस्क हुनका लागि ७२ दिनको समय लाग्छ भने चिसो वातावरण पाएको अवस्थामा वर्षौं बाँच्न सक्छ। पुरुषको अण्डकोषले शरीरको तापक्रमभन्दा दुई डिग्रिसेन्टिग्रेडभन्दा कम चाहन्छ, जुन जाडोको समयमा सम्भव हुन्छ। त्यसैले यौन उत्तेजना बढ्ने नै भयो।

यौन व्यायाम
यौन सम्पर्क व्यायामको राम्रो उपायसमेत हो। जाडोमा शरीरमा सूर्यको किरण कम पर्ने भएकाले शरीरमा बोसो जम्मा भएको हुन्छ। त्यो बोसोलाई यौन शक्तिका रुपमा परिवर्तन गर्दा शारीरिक व्यायाम पुगी बोसो जम्मा हुनबाट बच्न सकिन्छ। जाडो मौसममा शारीरिक व्यायाम गर्नसमेत अल्छि लाग्ने भएकाले यौन जोडी यौन सम्पर्क गरी घरभित्रै व्यायाम पुग्ने सहज उपाय हो।

यौन सम्पर्कको समयमा तीनदेखि चार क्यालोरी प्रतिमिनेट शक्ति खर्च हुन्छ। जसले बोसो शक्तिको रुपमा खर्च हुन्छ। स्वस्थ यौन क्रियाकलापले व्यक्तिमा शारीरिकरुपमा व्यायाम पुगी शारीरिक शिथिलताबाट त छुट्कारा पाउन सकिन्छ नै। मानसिकरुपमा पनि व्यक्तिमा स्फुर्ती बढ्न सहयोग मिल्छ। तर यौन सम्पर्कको क्रममा यौन जोडीबीच दरार भने पैदा हुनु हुन्न।

अक्सिटोसिनको उत्तेजना
यौन जोडीले एक–आपसमा अँगालो हाल्दा, चुम्बन गर्दा, काखमा लुट्पुटिँदा, सँगै सुत्दा शरीरमा ‘अक्सिटोसिन’ हार्मोन उत्तेजित हुन्छ। यो महिला पुरुष दुवैमा लागू हुने भए पनि महिला यौन जोडीमा अक्सिटोसिनको मात्रा बढी हुन्छ। जाडोमा यौन जोडीबीचको न्यानो आलिंगनमा बाँधिदा यो हार्मोनको निष्कासनमा वृद्धि भई यौन जोडीलाई खुसी तथा आनन्द दिन्छ। अंकमाल गर्नाले अक्सिटोसिनको प्रवाह भई मस्तिष्कमा प्रेम हार्मोनको निष्कासन हुन्छ। जसले यौन जोडीबीचमा यौन आकर्षण हुनुका साथै यौनानन्द त मिल्छ नै व्यक्तिमा मानसिक तनाव हुनबाट बच्न सकिन्छ। जीवनमा खुसी दिने हार्मोनहरुमध्ये अक्सिटोसिन पनि एक हो। यस्तो अवस्थामा यौन जोडीबीचमा यौन शक्ति बढ्छ। गर्मी मौसममा भने आलिंगनमा यौन जोडी बाँधिन त्यति धेरै लालायित हुँदैनन्।

रोग भाग्छ
जाडो मौसममा गरिने यौन क्रियाकलापले सर्दी तथा रुघाखोकी हटाउन मद्दत गर्छ। लगातारको स्वस्थ तथा सन्तुलित यौन सम्पर्कले रुघाका जीवाणुलाई सुसुप्त अवस्थामा पु¥याउँछ। जसले रुघाखोकी जस्ता रोग लाग्नबाट बच्न सकिन्छ। जाडोमा गरिने सन्तुलित तथा स्वस्थ यौन सम्पर्कले यौन जोडीको रोग प्रतिरोधात्मक क्षमतामा मजबुत हुन सहयोग पुग्छ। रोग प्रतिरोधात्मक क्षमता नै बढ्ने भएपछि व्यक्ति शारीरिक तथा मानसिकरुपमा स्वस्थ हुन सहयोग मिल्ने नै भयो।

आकर्षण
विशेषगरी जाडो मौसममा महिलाले मोजा लगाउँदा प्रेमभावको उत्कर्षमा पुगेको अनुभूति गर्छन्। यौन भावका लागि मोजा लगाउनु मात्रै कारक तत्व नभए पनि यसले अवस्य यौनाभाव जागृत गर्न सहयोग मिल्ने भएकैले टन्न कपडा लगाएका महिलाप्रति पुरुष यौन जोडीको बढी आकर्षण हुन्छ। यौन क्रियाकलाप १२ महिना हुने भए पनि पोशाकका कारण पनि जाडो मौसममा व्यक्ति सुन्दर देखिन्छन्। जसले यौन आकर्षण बढाउन सहयोग पुग्छ।

प्रगाढ प्रेम
जाडो मौसममा शरीर चिसो हुने मात्रै नभई हिँडडुल कम हुने भएकाले सामाजिकरुपमा सक्रियता कम हुन सक्छ। यस्तो अवस्थामा यौन जोडीबीचको आनन्दमयी यौन क्रियाकलापमा यौन जोडी सरिक हुनु स्वाभाविकै हो। जाडो मौसममा सिरकभित्र यौन जोडीबीच हुने यौन क्रियाकलापले जाडो भगाउन सहयोग गर्छ। यौन जोडीबीचको मिठो चुम्बन तथा यौन सम्पर्कका कारण यौन जोडीबीचको आत्मियता झन् प्रगाढ बन्न पुग्छ। त्यसैले जाडो मौसम यौन जोडीबीचकोे सम्बन्ध सुमधुर बनाउने अवसरसमेत हो।

ओछ्यानमा न्यानो आलिंगनमा बसेर तातो तथा मिठो सुप खाँदै प्रेममय कुरा गर्नु आनन्द हुन्छ। जाडो मौसममा आगो ताप्ने, हिटर बाल्ने तथा यौन जोडीसँगको आलिंगनमा एक आपसमा ओत लाग्ने विषय जाडो भगाउने प्राकृतिक तथा उत्तम उपाय हो। जुन वैज्ञानिकरुपमा शोधले प्रमाणित गरेको छ। त्यसैले जाडो मौसममा स्वस्थ तथा सन्तुलितरुपमा यौन जोडीबीचमा यौन क्रियाकलाप तथा यौन सम्पर्क गरेको खण्डमा दुवै जोडीलाई लाभदायक हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का/ नागरिकबाट