काेटेश्वर – जडिबुटी सडक खण्ड बिस्तार गरिदै

everest kitchen

काठमाडौं । कोटेश्वर -जडिबुटी खण्डको सडक विस्तारका लागि राेड नजिकैका घर जग्गा अधिग्रहण गरिने भएको छ । अरनिको राजमार्गअन्तर्गतकाे उक्त सडक खण्डको लागि विमानस्थलकाे केहि भाग जमिन पनि प्रयाेग हुने भएकाे हाे ।

काेटेश्वर -जडिबुटी सडक अहिले काठमाडौं उपत्यकाककै सबैभन्दा बढी जाम हुने क्षेत्र बनोको छ । त्यसैलाई ध्यानमा राखेर मन्त्रिपरिषद बैठकले जडिबुटी – कोटेश्वर सडकखण्डभित्र पर्ने ६ अना १ पैसा जग्गा र उक्त जग्गामा बनेको घर अधिग्रहण गर्न स्वीकृति दिइएको छ ।

त्यस्तै कोटेश्रवरबाट जडिबुटीतर्फ जाने देब्रेतर्फको भागमा तत्कालै एक लेन सडक विस्तार गरिनेछ । योजनाअनुसार यो लेन खुल्नाथाथ जडिबुटी – पेप्सीकोलातर्फ जाने सवारीले काटेश्वरमा जाममा बस्नुपर्दैन ।