राष्ट्रियसभा निर्वाचन लागि मतपत्र छपाई गरि सातै प्रदेशमा पठाईयाे

everest kitchen

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन लागि मतपत्र छपाइ सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि माघ ९ मा निर्वाचन हुँदै छ ।

राष्ट्रिय सभा निर्वाचन प्रदेशगत रूपमा हुँदै छ । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, वागमती प्रदेशको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको सिलगढीमा मतदान केन्द्र तोकिएको छ । प्रदेशको उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र तोकिएकाले कतिपय प्रदेशमा राजधानीभन्दा फरक स्थानमा मतदान हुनेछ ।

डग सभा निर्वाचनमा प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जनाले मतदान गर्नेछन् । प्रदेशसभा सदस्यले मतदान गर्ने र स्थानीय तहका सदस्यले मतदान गर्ने दुईथरीको मतपत्र तयार गरिएको छ । प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र सेतो कागजमा हरियो रङको मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङको मसीले विवरण र निर्वाचन चिह्न उल्लेख भएकाे अायाेगले बताएको छ ।