युक्रेनका प्रधानमन्त्री ओलेक्सीले पदबाट राजिनामा दिदै

everest kitchen

एजेन्सी । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले पदबाट राजीनामा दिने भएका छन । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसवुक पेजमा लेखेका छन् । ‘हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस भन्ने उद्धेश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ,’। उनले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै उनले सार्वजनिक भएको अडियो बनावटी भएको बताएका छन । उनले भनेका छन राष्ट्रपतिप्रति आफ्नाे सम्मान गिराउने नियतले बनाएर अडियो सार्वजनिक गरिएको आरोप पनि लगाएका छन् । अाेलेक्सि सन् २०१९ अगस्तबाट प्रधानमन्त्री पद बहाल गरेका थिए ।