मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)मा सैन्य स्वार्थ छैन : अमेरिकी दुतावास

everest kitchen

 

काठमाडौ – अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)का विषयमा नेपालमा विवाद भइरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले यसमा कुनै सैन्य स्वार्थ नजोडिएको प्रष्ट पारेको छ।

दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसमा कुनै पनि सैन्य मामिला नजोडिएको र अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको प्रष्ट पारेको हो। दूतावासले १० बुँदे विज्ञप्तिमार्फत एमसिसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु नपर्ने र हस्ताक्षर पनि गर्नु नपर्ने जनाएको छ।

५० करोड डलरको अनुदान सहयोगमा कुनै स्वार्थ नरहेको र ब्याजदरसमेत नरहेको भन्दै दूतावासले यसमा कुनै अदृश्य प्रावधान नभएको स्पष्ट पारेको छ।
दुतावासले प्रष्ट पारेकाे १० बुद्धे बिज्ञप्ति :