घुमाउरो पारामा यौन प्रस्ताव राखेे : स्वस्तिमा

everest kitchen

काठमाडौं  । अभिनेत्री स्वस्तिमा खड्काले केही व्यक्तिबाट आफूलाई यौन प्रस्ताव आएको बताएकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा खड्काले उक्त भनाई राखेकी हुन् ।

चलचित्रमा आउनु अघि खड्का म्यूजिक भिडियोमा काम गर्थिन । संघर्षको त्यहि समय कतिपय मानिसहरुले आफूलाई घुमाउरो पारामा यौन प्रस्ताव राख्ने गरेको अभिनेत्री खड्काले बताएकी हुन् ।

उनले भनेकी छिन्– ‘म नेपाली चलचित्रमा आउनु पूर्व म्युजिक भिडियोमा काम गर्थे, सो क्रममा केही ब्यक्तिबाट घुमाउरो पारामा यौन प्रस्ताव आउने गर्दथ्यो ।’ उनले थपिन्– ‘भिडियोमा काम गर्दा त्यसलाई मैले बेवास्ता गरें ।’

चलचित्रमा आएपछि भने आफूले प्रोफेस्नल मानिसहरुसँग काम गर्न पाएकाले पनि कसैले गलत नजरले नहेरेको उनको भनाई छ । निर्देशक निश्चल बस्नेतसँग वैवाहिक बन्धनमा बाँधिएपछि दर्शकदेखि चलचित्रकर्मीसम्मले हेर्ने नियत सम्मानित भएको उनको बुझाई छ । उनले आफु गलत नियतको शिकार कहिल्यै हुनु नपरेको पनि उल्लेख गरेकी छिन् । साप्ताहिबाट