आर्मीलाई दाेस्राे पटक पनि उपाधि

everest kitchen


इटहरी – त्रिभुवन आर्मी क्लब लगातार दोस्रो पटक मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकाे छ । नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै  उपाधि जितेको हाे ।

शनिबार इनरुवामा भएको फाइनलमा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले २४.४ ओभरमा सबै विकेट गुमाउँदै  ९९ रन मात्र बनाउन पुगेकाे थियाे । अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाई नै पराजित गरेर उपाधि जितेको थियो।

त्यस्तै विजेता आर्मीले ४ लाख ५ हजार र उपविजेता पुलिसले २ लाख ५ हजार रुपैयाँ प्राप्त गरे। फाइनल खेलको प्लेयर अफ दी म्याच आर्मीका सुशन भारीले ५५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट बलर पुलिसका विनोद लामा तथा उत्कृष्ट ब्याट्सम्यान आर्मीका कुशल मल्ल चुनिए। उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही २१ हजार रुपैयाँ प्राप्त गरे।