नख्खु जेलमा रहेका बिप्लब नेतृत्वका नेकपा नेता सुदर्शनलाई श्रीमतीको पत्र

everest kitchen

काठमाडौ । नख्खु जेलमा रहेका बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिका दाेस्राे नेता हेमन्त प्रकाश अाेली सुदर्शनलाई कान्छि श्रीमतीले क्रान्तिकारी शैलिकाे पत्र लेखिकि छिन । कान्छि श्रीमती अम्बिका चन्दले नेता सुदर्शनकाे जन्मदिनकाे अबसरमा सुभकाना सहितकाे पत्र लेख्दै फेसबुकमा राखेकी हुन ।

नेता ओलीलाई राज्य द्राेहाेकाेे मुद्दामा नख्खुु जृल राखिएकाे छ । उनी तत्कालीन माओवादिका पाेलिटब्युराे सदस्य रहेका थिए ।

चन्दले रक्तरन्जीत झण्डा बरु छातीमा अाेढेरै निदाउनु तर भुईमा झर्न नदिनु भन्ने श्रीषक दिएर फेसबुकमा पत्रलेख सार्वजनिक गरेकी छिन ।
उनले लेखेकाे पत्र यस्ताे छ :

रक्तरन्जीत झण्डा बरु छातीमा ओढेरै निदाउनु तर भूईमा झर्न नदिनु।

प्रिय जिवन साथी हिजो तिम्रो जन्म दिनको सम्झना गर्दै गर्दा हाम्रो सहयात्राका एक दशक बढि दिनहरुको पनि स्मरण गरियो र समिक्षा गरियो । जिवनमा अगाडि कसरी बढ्ने र बाँचेको समय कसरी सार्थक बनाउने भन्ने बारेमा बिमर्श गरियो । कारागार परिसरमा पाएको सरकारी सुविधा ९कार्यालय समयमा भेटघाटको सुविधा०को प्रयोग गर्दै दिउँसो केही घण्टा भलाकुसारी गरियो र दुःखसुख साटियो । क्रान्तिकै सिलसिलामा जोडिएको हाम्रो सम्बन्ध विचार, भावना र भोगाई एवं अनुभवहरुको पनि सम्बन्ध हो । हाम्रो नितान्त निजी र पारिवारीक बिषय पटक–पटक आलोचकहरु र मिडियाको लागि राम्रै मसला बने । अहिलेसम्म पनि बनिरहेका छन् । हाम्रो परिवार जनयुद्ध र क्रान्तिको प्रक्रियामा खाँरिदै अनेकन हन्डर ठक्करहरुसँग जुध्दै आएको परिवार भएको हुनाले जस्तोसुकै अवस्थामा पनि परिवारले हामीलाई साथ दियो । सफलताको मार्गमा अघि बढ्न परिवारले सँधै प्रेरित गरिरह्यो । हामी आत्तिने, चिन्तित र दुःखी हुने अवस्थामा पनि हाम्रो सबै परिवारले हामीलाई सधैव प्रेरणा, माया र ढाडस दिईरह्यो । तत्कालीन शाही सेना र प्रहरीको कारण घरमा बस्न नपाएपछि निकै अभाव दुःख र पिडामा हुर्किएका हाम्रा छोराछोरी नै सबैभन्दा असल साथी र सल्लाहकार बने । उनीहरुको सहयोग, माया, प्रेरणा, सल्लाह सुझाब नै हाम्रो यात्रामा आउने जटिलताहरु पन्छाउने प्रेरक बने र बनिरहने छन । बरु हामीले परिवारको लागि आधारभुत समस्याहरु हल गर्न बाहेक केही गर्न सकेनौ । कहिले काही त त्यही पनि सकेनौ । क्रान्तिप्रति निष्ठावान हाम्रो परिवारले हिजो देखी आज सम्म र भोली पनि यहि विराशत काय गर्नेछ भन्ने विश्वास छ ।
अर्को प्रसङग जोडौँ, जनताको आफ्नो ब्यवस्था बैज्ञानिक समाजवाद देशलाई आवश्यक छ भनेर एकिकृत जनक्रान्तिको बाटोमा अघि बढेकै कारण तिम्रै शब्दमा भन्नुपर्दा चन्द्रसमशेरको दरबारमा बसेका भूतपुर्व सहयोद्धा कमरेडहरुले तिमीलाई चन्द्रसमशेरकै तबेलामा कैद गराएका छन् । ॅकारागार भित्रका दिनचर्याहरु’ शिर्षकको पुस्तकमा लेखिको छ–ॅअन्यायीहरुको देशमा असल मानिसहरुको बस्ने ठाउ जेल हो।’ न्यायपुर्ण आन्दोलनमा सहभागीहुदा तिम्रा हातमा लागेका फलामे जंजीर एक दिन पुरानो मक्किएको ब्यवस्थाको अवसान गराउने शक्तिशाली अस्त्र बन्ने छन । तिम्रो हातमा लगाईएका हडकडि सिर्फ तिम्रो मात्र होइन अन्यायको विरुद्ध आवाज बुलन्द गर्ने न्यायप्रेमी जनताहरूको हातमा लगाईको हो । तिनै न्यायप्रेमी जनताको प्रतिनिधी तिमी हौ । तिम्राे हातमा लगाईएका जंजीर र तिम्रो आवाजमाथि लगाईएको प्रतिबन्ध सर्वहारावर्गको बलले एकदिन आफैमा धुजा–धुजा भएर जाने छ । बिरामी र अशक्त अवस्थामा ॅविश्वदृष्टिकोणमा रुपान्तरण’ पुस्तकको तयारी गर्न काभ्रेमा सेल्टर लिएर बसेको बेला एक बर्ष पहिले अन्यायपुर्ण तरिकाले गिरफ्तार गरियो र नख्खु कारागारमा बन्दी बनाईएको छ । तत्कालीत शाही सरकारको पालामा २०५५ सालमा बाजुराको हिरासत र कारागारमा बस्दा दिईएको प्रहरी यातनाको कारण अशक्त बनेको रोगी शरिरलाई गणतान्त्रीक सरकारले दुईदिनसम्म आँखामा कालो पटटी बाधेर अपराधी जस्तो गरी राख्यो र चिसो भूईमा लडायो । गिरफ्तार गराउनेमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने ब्यक्तिहरु पनि राम्रैसँग चिनिएका छन् । समय आएपछि उनीहरुले कुनै दिन निकै महंगो मुल्य चुक्ता गर्नुपर्ने पनि हुनसक्छ ।
ए प्रसंग अन्तै जान थालेछ, हिजो परेको जन्मदिन र हामी सँगै सहयात्रामा अघि बढेको दिनको सन्दर्भमा प्रिय जीवनसाथीलाई आफ्नो आस्थाको पथबाट कहिले विचलित नहुनु भन्ने शुभकामना दिन चाहन्छु । हजारौ बीरहरुको रगतले भिजेको रक्तरन्जीत झण्डा बरु छातीमा ओढेरै निदाउनु तर भूईमा झर्न नदिनु । सधै कठिन दिनहरुको मात्र सामना गर्न जन्मिएको जस्तो तिम्रो रोगी शरिर अप्ठेराहरुसँग जुध्ने साहस मिलोस । प्रियजनहरुको मायाले साम्यवादको बाटो अनुसन्धान गर्ने लक्ष्यमा सफलता मिलोस । अनगन्ती शुभकामना ।।