विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै पक्राउ

everest kitchen

दाङ  – दाङको राजपुर गाउँपालिकाबाट एकैसाथ पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई दाङ देउखुरी जिल्ला अदालतले गत पुस ७मा १५÷१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो ।

तर रिहा भए लगत्तै आँफूहरुलाई पुनः प्रहरीले नियन्त्रणमा लिने भन्दै उनिहरु कारागार चलान भएका थिए। भलै उनिहरुले धरौटी रकम तिर्न नसकेका कारण कारागार चलान हुने निर्णयमा पुगेको बताएका थिए। त्यसता धरौटी बुझाएर रिहा हुन खोजेका ११ जनालार्इ प्रहरीले पुन ः रिहा भए लगत्तै नियन्त्रणमा लिएको छ। अन्य १० जना अहिले पनि कारागारमै छन्।

सोमवार धरौटी बुझाएर रिहा हुन थालेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनिहरु रिहाहुने भएपछि अदालत परिसरमा प्रहरी संख्या बाक्लो पारिएको थियो। सोमवार रिहा हुन थालेका रामवहादुर थापा, यमलाल कटुवाल, ईन्द्रवहादुर ओली, हितप्रसाद रोका मगर र अमितघर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। रिहा भएलगत्तै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिन खोज्दा अदालतको गेटमा केहिबेर धरपकड समेत भएको थियो। अन्य तीन जना भने रिहाहुने सम्भावना नदेखेपछि आँफै प्रहरीको गाडीमा बसेका थिए।

गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट विप्लवका दाजु चन्द्रवहादुर चन्दसहित २१ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले उनिहरुविरुद्ध राज्यविरुद्धको संगठित अपराधको मुद्धा चलाइएको थियो। चन्दसहित १० जना अहिले पनि कारागारमै छन्।नागरिक