सभामुखको लागि अग्नी सापकाेटाकाे उम्मेदवारी

everest kitchen

काठमाडौं । सभामुख पदका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का तर्फबाट अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार सापकोटाले सभामुखका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी माघ १२मा सभामुखको निर्वाचन हुनेछ ।

प्रतिपक्षी दल कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले सभामुखमा उम्मेदवारी नदिने घोषणा गरिसकेको छ । कृष्णबहादुर महराले यौंन दुव्र्यहारको आरोप लागेसँगै गत असोजमा राजीनामा दिएपछि सभामुख पद खाली रहेको छ