धादिङमा ट्रक दुर्घटना हुदा ६ जनाकाे मृत्यु

everest kitchen

धादिङ ।  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मन्दिर गयर फर्कदै गर्दा ट्रक दुर्घटना भएकाे हाे ।

ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना हाे ।

दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएका छन्। घाईतेहरुको उद्धार गरी अहिले जिल्ला अस्पताल धादिङबेसीमा उपचारका लागि ल्याईएको छ।   हप्ताको मंगलबार ढोला मण्डलीमा पूजा गर्ने चलन रहेको ।