समस्याको पोको ” बेथिति” बजारमा (भिडियो )

everest kitchen

देशभित्रको यथार्थ कथास्थितिलाई छर्लङ्ग पारेर समस्यै समस्याको पोको ” बेथिति” नामक गित बजारमा आएको छ।

देशमा भैरहेको अत्यधिक भ्रष्टाचार, घुसपैठ, अनियमितता, षड्यन्त्र, हत्या हिंसा, राज्य बाट हुने हिंसा, अत्यचार, दालाली, मनपरि, जाजती र बेथिति यी तत्वले जनताहरु निराश भएकाे सन्दर्भलाई समेटर बेथिति नामक गित बजारमा ल्याईएकाे संगित सर्जक भद्रनकालले जानकारी दिए ।

गीतमा रुकुमका युवा गायक गोपाल केसी र गायिका तुलसी घर्तिको आवाज छ। भने संगीत भद्र नकालको छ। गोपाल र लक्ष्मी लामाको शब्द भएको गीतको म्युजिक भिडियोमा आशा खड्का, मान्सिङ खड्का, ममता खड्का, भरत खड्का लगायत साथीहरुले अभिनय गरेका छन्।

मन्सिङ खड्काे निर्देशन, सागर गौतमकाे केमेरा रहेकाे छ भने सम्पादन राजकुमार मगरले गरेका छन्।

भिडियो हेर्नुहाेस